४ जेष्ठ २०८१, शुक्रबार

बोधित्वा बिहार सस्थाले गर्‍यो स्वास्थ्य सामग्री हस्तान्तरण



धनगढी । डोटीको जोरायलस्थित घण्टेश्वर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रि हष्तान्तरण गरिएको छ ।

बोधित्वा बिहार नामक सामाजिक सस्थाको आर्थिक सहयोगमा बिकास चन्द ठकुरी किरण रावल, प्रेम मल्ल, दिपजङ्ग मल्लको पहलमा चौकीलाई स्वास्थ्य सामाग्री हष्तान्तरण गरिएको हो ।

कोरना भाइरसको महामारीलाई मध्यनजर गरि चन्द्र महता र वडा अध्यक्ष भजन सिङ मल्ललाई एक कार्यक्रममार्फत चौकीलाई अक्सिजन कन्सेन्टरेटर, अक्सामिटर, थर्मोमिटर, सुगर चेक गर्न मेसिन ब्लड प्रेशर मेसिन, फेससिल्ड, सर्जिकल मास्क, पञ्जा, केएन ९५ मास्क, सेन्टिाइजर लगायत अति आवश्यक औषधीहरु गरि पाँच लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जनाइएको छ ।

यसअघि प्राथमिक स्वास्थ्य चौकी चनकट्टेलाई दुई लाख५० हजार बराबरको स्वास्थ्य सामाग्री बितरण गरिएको दिपजंग मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार