३ आश्विन २०८१, बिहीबार

कैलालीमा उपप्रमुखसहित चार जना जनप्रतिनिधि पदमुक्त




धनगढी / भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटासहित कैलालीका चार जना स्थानीय तहका जनप्रतिनिधि पद्मुक्त भएका छन् ।

पदमुक्त हुनेमा भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा, गोदावरी नगरपालिका–१ का वडा अध्यक्ष शर्मानन्द भट्ट, गौरीगङ्गा नगरपालिका–४ का वडा अध्यक्ष भागरथी विष्ट, बर्दगोरिया गाउँपालिका–४ का वडा अध्यक्ष पुरनसिंह बिसी रहेका छन् ।

उनीहरु २०७४ को चुनावमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भएर निर्वाचित भएका थिए । तर सो दल उनीहरुले त्यागेपछि उनीहरुलाई पद्मुक्त गरिएको हो ।

माओवादीले उनीहरुलाई दल त्याग गरेका भन्दै पदमुक्त गर्न निर्वाचन आयोगमा जानकारी दिएको थियो । सोही आधारमा आयोगले कैलालीका चार सहित देशभरका १४ जनालाई पदमुक्त भएको गरिएको सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार