१० श्रावण २०८१, बिहीबार

रोटरी क्लबद्वारा दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग



हसुलिया । रोटरी क्लब अफ धनगढीले कैलारी गाउँपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । 

कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुग्ने भन्दै रोटरीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । रोटरी क्लब अफ धनगढीका पूर्व अध्यक्ष हरिशंकर ठाकुर र प्रेस प्रतिनिधि दीपक नेपालले आज गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीलाई कन्सन्ट्रेटर हस्तान्तरण गरे । 

सो अवसरमा पूर्व अध्यक्ष ठाकुरले नौ वटै जिल्लाका दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिरहेको बताए । रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग अभियान चलाएको थियो । 

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण अवसरमा गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोष चौधरीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार