१० श्रावण २०८१, बिहीबार

निशुल्क खाना र पानी अभियान स्थगित



धनगढी । रोयल कोल्यावरेटिभ्सले त्रिनगर भन्सार नाकामा सुरु गरेको नि:शुल्क खाना तथा पानी अभियान स्थगित गरेको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा जेठ १ गतेदेखि शुरु गरिएको सो अभियान बिहीबारदेखि स्थगन गरिएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।

४२ दिनसम्म सञ्चालन भएको सो अभियानअन्र्तगत दुई हजार चार सय खाना प्लेट नि:शूल्क खाना वितरण गरिएको कोल्यावरेटिभ्सका संयोजक गजेन्द्रबहादुर शाहीले जानकारी दिए । उनले भने– अहिले निषेधाज्ञामा पनि खुकुलो भइसकेको छ । भारतबाट स्वदेश भित्र्ने सुदूरपश्चिमबासीको संख्या पनि न्यून रहेको छ । त्यसैले अहिले हामीले स्थगित गरेका हौं । आवश्यक परे पुन: सञ्चालन गर्छौ ।

नि:शूल्क खानापानी स्थगन घोषणा कार्यक्रममा सहभागि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भने– कोरोना जोखिम नियन्त्रण तथा न्यूनिकरण गर्न सरकार एक्लैबाट सम्भव हुदैन । विभिन्न संघ/संस्थाको सहायताले उपमहानगरपालिकाले प्रभावकारी रुपमा काम गर्न सकेको छ ।

सो नि:शूल्क खानपान अभियानमा नेपाल रेडक्रस सोसाइटीले खाना स्टल निर्माण, खाद्यान्न, स्वास्थ्य सामाग्री, सहजीकरण लगायतमा सहयोग गरेको कोल्यावरेटिभ्सका सदस्य देवेन्द्र जोशीले जानकारी दिए ।

कोल्यावरेटिभ्सले नाकामा नि:शूल्क खानापानीसंगै धनगढी उपमहानगरपालिकास्थित सेती प्रादेशिक अस्पतालमा कोभिडबाट संक्रमितहरूलाई नि:शूल्क खाना पानी वितरण गरेको थियो । यस्तै, नि:शूल्क अटोरिक्सा एम्बुलेन्स, अक्सिजनसहितको एम्बुलेन्स सञ्चालन र विरामीलाई अक्सिजन सिलिण्डरको व्यवस्था लगायतका गतिविधी गरेको थियो । कोल्यावरेटिभ्सले सञ्चालन गरेको अटोरिक्सा एम्बुलेन्सबाट ९५ जनाले सेवा लिएका थिए भने २० जनालाई अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार