२८ भाद्र २०८१, शुक्रबार

विपदबाट हुन सक्ने क्षति रोक्न पूर्वतयारी



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरण गर्न पूर्वतयारी कार्य अघि बढाएको छ । बाढी, पहिरो, डुबान सहितका विपदबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बुधबारको बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले परिषदको बैठकले प्रदेशमा बाढी तथा पहिरोका घटनाबाट मानवीय क्षती हुननदिन तत्काल उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको जानकारी दिइन् ।

मन्त्री जोशीले भनिन्– बुधबार बसेको परिषदको तेस्रो बैठकले विपदमा परेका व्यक्तिको तत्काल उद्दार तथा राहत वितरणका लागि प्रदेशमा एउटा हेलिकोप्टर तयारी अवस्थामा राख्न संघिय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।’

परिषदको बैठकले राहत तथा उद्दारका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको छ । प्रदेशमा बाढी तथा पहिरोको जोखिम बढिरहेको बेला राहत तथा उद्दारका लागि डुंगा, डोरी तथा पहिरो गएको क्षेत्रमा आवश्यक पर्ने उपकरण लगायतका सामग्रीको जोहो गर्ने निर्णय गरेको छ ।

परिषदको बैठकले विपद पूर्वतयारी तथा कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजनाअनुसार विपदबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न विषयगत समितिलाई परिचालन गर्ने उल्लेख छ । सो कार्ययोजना अनुसार विषयगत समितिको जिम्मेवारी तथा काम तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो १० दिनमा विपदका विभिन्न २९ घटना भइसकेका छन्् । राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रको अभिलेख अनुसार प्रदेशमा बाढी र पहिरोका १५ वटा घटना भइसकेका छन् । यी घटनामा यस वर्ष अहिलेसम्म पा“च जनाको मृत्यु भएको छ भने पा“च जना घाइते भएका छन्् । एक जना हालसम्म पेपत्ता छन् ।

प्रदेशमा यस वर्ष अहिलेसम्म बाढी र पहिरोका सबैभन्दा बढी घटना बाजुरा जिल्लामा भएका छन् । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाजुरामा यस वर्ष बाढी र पहिरोका छ वटा घटनामा एक महिलाको मृत्यु भएको छ । ११ घरपरिवार प्रभावित भएका छन् । बाढी तथा पहिरोका कारण सात घर पूर्ण रुपमा क्षतिग्रस्त छन्् भने एक घरमा आंशिक क्षति पुगेको छ ।

पछिल्लो दश दिनमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा विपदले क्षति पुर्याएको केन्द्रको तथ्यांकमा उल्लेख छ । सो केन्द्रका अनुसार प्रदेशको डोटी र दार्चुलामा विपदका तीन/तीन घटना भएकोमा डोटीमा दुई पुरुषको मृत्यु र एक महिला घाइते भएको उल्लेख छ । डोटीमा विपदबाट छ घरपरिवार प्रभावित भएका छन् भने दार्चुलामा एक पुरुष घाइते र एक घर परिवार प्रभावित भएको उल्लेख छ ।

त्यस्तै, बझाङमा बाढी र पहिरोका दुई घटनामा एक महिलाको मृत्यु भएको जनाइएको छ ।

बैठकले प्रदेशमा आउन सक्ने कोभिड–१९ संक्रमणको को तेस्रो लहरको जोखिम नियन्त्रणका लागि पूर्वतयारी गर्ने समेत निर्णय गरेको मन्त्री जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार