८ बैशाख २०८१, शनिबार

कैलालीमा निषेधाज्ञा एक साताका लागि थप



कैलाली । कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।

आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भोलीदेखि लागु हुने गरी एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसअघि कैलालीमा जेठ ३१ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भोलीदेखि लागु हुने गरी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जानकारी दिए ।

कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार