६ बैशाख २०८१, बिहीबार

बजेट विचौलियाका हीतमा छ : प्रदेश सभा सदस्य मल्ल



विगतमा भ्रष्टाचार गर्नेहरु सरकारबाट बाहिरिएका छन् कसैको सांसद पदै गयो अव यो बजेट बनाउनेहरुलाई पनि अख्तियार, अदालत मात्र होइन जनताको अदालतमा कार्वाही होला उनले भने ।

कर्णबहादुर मल्ल प्रदेश सभा सदस्य, डडेल्धुरा


धनगढी / सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले हालै प्रस्तुत गरिएको बजेट विचौलियाका हीतमा विचौलियाकै माध्यामबाट आएको बताएका छन् ।
सोमबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्य मल्लले भने यो बजेट सदनलाई छलेर, झुक्काएर, अपमानित गरेर आएको दावी समेत गरे ।

उनले भने यो बजेट होइन विज्ञप्ती हो, हामी प्रदेश सभा सदस्यका सुझाव मानिएन ।

विगतमा भ्रष्टाचार गर्नेहरु सरकारबाट बाहिरिएका छन् कसैको सांसद पदै गयो अव यो बजेट बनाउनेहरुलाई पनि अख्तियार, अदालत मात्र होइन जनताको अदालतमा कार्वाही होला उनले भने ।

बजेटमा प्रतिपक्षको मौनतालाई कमजोरी ठानिएको छ उनले भने हुन त आफ्नै राजनीतिक विचार अनुसार पनि यो बजेट आएको छैन् ।
उनले भने बजेटले भ्रष्टाचार गर्न सिकाउने भएको छ र भ्रष्टचारीलाई संरक्षण पनि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार