१४ बैशाख २०८१, शुक्रबार

सेती प्रयोगशालामा सोमबार १०५ नमूना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०५ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीका ७ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा १७  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये  २ जना भेन्टिलेटर ८  जना आइसियूमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार