१४ बैशाख २०८१, शुक्रबार

अस्मिताका हत्यारा पत्ता लगाउन माग



धनगढी । प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले डडेलधुराको जोगवुढामा स्वास्थ्यकर्मी अस्मिता धामीका हत्यारा पत्ता लगाइ कार्वाही गर्न माग गरेका छन् ।

स्वास्थ्य सामाग्री बोकेर आफ्नो परिभाषित काममा गइरहेकी धामीको हत्यारा जो सुकै भए पनि कानुनको दायरामा ल्याउन प्रदेश सभा सदस्यहरुले आग्रह गरेका थिए ।

प्रदेश सभा सदस्य कुन्ती जोशीले हत्यारा पत्ता लगाइ हदैसम्मको कार्वाही गर्न माग गरिन । उनले धामीका परिवारलाई क्षतिपूर्ति र दुईवटा नावालक सन्तानको लालनपालनमा समेत ध्यान दिन प्रदेश र संघ सरकारलाई आग्रह गरिन ।

स्वास्थ्यकर्मी धामीका हत्यारा पत्ता लगाउन आवश्यक पहल लिनका लागि प्रदेश सभा सदस्यहरु पठानसिंह बोहरा, भरत खड्का र गोविन्द बोहराले पनि आग्रह गरेका थिए ।

वैठकमा ती प्रदेश सभा सदस्यहरुले बाजुरा, डोटी र बझांगमा बाढी पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दे थप धनजनको क्षति हुन नदिने गरेर काम गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार