७ बैशाख २०८१, शुक्रबार

कैलालीमा स्थानीय तहका उपप्रमुख सहित चारको पद जादै




धनगढी / कैलालीका एक उपप्रमुख सहित चार स्थानीय तहका वडाअध्यक्षको पद जाने भएको छ ।

भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा सहित चार जनाको पद जाने भएको हो । यसरी पद जानेमा गोदावरी नगरपालिका –१ शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका –४ का र बर्दगोरिया गाउँपालिका –४ का पुरन विसी रहेका छन् ।

उनीहरुले नेकपा माओवादी केन्द्र छोडेर एमाले भएपछि पद जाने लागेको हो ।

माआवादीको बैठकले उनीहरु सहित देशभरका १४ जनालाई कार्वाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको छ ।
माओवादीको निर्णय अनुसार आयोगले उनीहरुको पद रिक्त राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार