१० श्रावण २०८१, बिहीबार

जन्मदिनको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान



धनगढी । कोरोना संक्रमितको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाई जन्मदिनको अवसरमा सम्मान गरिएको छ ।

गोकुलेश्वर कृषी क्याम्पस बैतडीको निवर्तमान स्ववियु सभापति एवम् विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्य राजेन्द्र प्रताप बमले आफनो जन्मदिनको अवसरमा आइतबार दोसल्ला ओढाएर र मायाको चिनो दिई सम्मान गरेका हुन ।

अहिले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात, दुव्र्यवहार लगायतका घटना बेला–बेला आइरहेका छन उनले भने महामारी जोखिम मोलेर उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हु ।

सम्मान कार्यक्रममा सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार