६ चैत्र २०८०, मंगलवार

शुक्रबार सेती प्रयोगशालामा १८९ नमूना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार  ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  १८९ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ६ जना  यस्तै धनगढीबाहेक कैलालीका ४ जना र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा  २१  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये  १ जना भेन्टिलेटर ११ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ४ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार