७ बैशाख २०८१, शुक्रबार

विधायन समितिको निर्देशन : बाढी/पहिरोबाट जोगिन पूर्वतयारी गर




धनगढी / सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बाढी, पहिरोबाट धनजन जोगाउनका लागि आवश्यक पूर्वतयारी गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति नेपालू चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

सो समितिका सदस्य तारा लामातामांगका अनुसार समितिले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको खनिया खोला लगायतका क्षेत्रको अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार