७ बैशाख २०८१, शुक्रबार

त्रिनगर होल्डिङ क्षेत्र व्यवस्थित बनाइने




धनगढी /
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण गरेका छन् ।

भारतबाट आउने र जानेहरुका लागि सहजता ल्याउन बनाइएको सो होल्डिङ सेन्टर अझ व्यवस्थित बनाउन मन्त्रीद्धयले पहल गर्ने बताएका छन् ।
कोरोना महामारी शुरु भएपछि सो सेन्टर बनाइएको थियो ।

होल्डिङ सेन्टरमा माटो भर्ने लगायतका काम गरेर अझ व्यवस्थित बनाउन तत्काल शुरु भएको मन्त्री खड्का स्वकीय सचिव भुवन वडुवालले बताए ।

सो अवसरमा सीमामा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई काम गर्न सजिलो बनाउन दुईवटा गाडी (जीप ) दिने पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार