१० श्रावण २०८१, बिहीबार

वर्षायाम सुरु भए सँगै कैलालीका नदीमा देखिने थाले डल्फिन



भजनि। वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन्।

कर्णाली नदीको सहायक नदीहरू मोहना,कान्द्रा, पथरैया, काँढा,गैरिनालामा डल्फिन देखिन गरेका छन् । वर्षेनी वर्षातको समयमा नदिमा पानीको सतह बढ्दै गएपछि डल्फिन ३मिटरको दुरिमा हेर्न सकिन्छ बताउँछन् डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल का महासचिब जय प्रसाद ढुंगाना ।

ढुंगाना का अनुसार यो वर्ष पहिलो वर्षातको समयमा २वटा भाले पोथी तथा २ वटा बच्चाहरु गरि ४वटा डल्फिन देखिएको बताए।गंगेटिका प्रजातिको (gangetic species) डल्फिन स्वच्छ पानी मा बस्ने तथा प्रयाप्त मात्रामा आहार प्रजाति, प्रजनन् गराउन सुरक्षित बासस्थान खोजीमा डल्फिन आउने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताए ।

डल्फिन अवलोकनका लागि टिकापुर ७ मा २ वटा भ्युटावर , भजनि ३मा १वटा भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएको बताए।
अध्यक्ष ढुंगानाका अनुसार भजनी ८मा भजनी नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणधिन रहेको बताए। डल्फिन अवलोकनका लागि २ वटा ढुंगा समेत रहेको छ। अध्यक्ष ढुंगानाका अनुसार जथाभावी नदीमा फोहोर फाल्दा प्रदुषण बढदै गएको तथा अब्यबस्थित ढल निकास, ठुला ड्याम संरचना निर्माण ले संरक्षण मा चुनौति थपिएको बताए।

यसको सही तरिकाले ब्यबस्थापनका लागि तिनै तहका सरकारले गुरुयोजना बनाउन आवश्यक रहेको बताए।उनका अनुसार स्थानीय संरक्षणकर्मी का प्रोत्साहनका निम्ति जनचेतनामुलक कार्यक्रम, जिविकोपार्जन कार्यक्रम, रोजगारी, छात्रवृत्ति वितरण जस्ता विभिन्न किसिमका कार्यक्रम स्थानीय समुदायलाई हौसला प्रदान गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार