१० श्रावण २०८१, बिहीबार

डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु, दुई घाईते



डोटी । डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ बर्षिय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।

बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाईते भएकी छन् । घाईते हुनेहरुमा बासुदेबीको झिगावस्तीका १३ बर्षिय पुनी कुँवर र १६ बर्षिय पुजा कुँवर रहेका छन् । पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ ।

खानेपानी अबरुद्ध भएपछी पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार