१३ बैशाख २०८१, बिहीबार

३० अर्व बढी बजेट प्रस्तुत (पूर्णपाठसहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजिगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताए । उनका अनुसार भैपरी आउने खर्चका लागि एक अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थामा ३० करोड विनियोजन गरिएको बताए ।

प्रदेश सरकारले आन्तरिक राजश्व परिचालनबाट एक अर्ब २२ करोड, नेपाल सरकारबाट वित्तीय हस्तान्तरण सात अर्ब ९९ करोड ९१ लाख, रोयल्टी बाँडफाँडबाट तीन करोड ९२ लाख ६३ हजार, समानीकरण अनुदानबाट आठ अर्ब ५४ करोड ८० लाख ४० हजार विनियोजन गरेको छ ।

मन्त्री शाहले भौतिक पुर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको बताए । तीन मेगावाट क्षमता भन्दा बढि क्षमताका नौगाड, सुर्नया गाड र अपर सुर्नयागाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन र निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।

प्रदेश सरकारले कृषितर्फ यसवर्ष पनि अनुदानै अनुदान दिने कार्यक्रम ल्याएको छ । प्रदेशमा फलफुल खेती विकासका लागि १० करोड रुपैयाँ छुट्याएको मन्त्री शाहले बताए । उनले कृषकसंग कृषि विद्यार्थी कार्यक्रमलाई थप परस्कृत गर्दै सञ्चालन गर्न चार करोड छुट्याएको बताए ।

बजेट-वक्तव्य_0

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार