२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम सरकारले अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष मनाउने, छुट्याइयो २ अर्ब ४२ करोड



सुदूरपश्चिम सरकारले आगामी वर्ष अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा मनाउने भएका छ। यसका लागि सरकारले २ अर्ब ४२ करोड ९८ लाख ९० हजार छुट्याएको छ।

मंगलबार सार्वजनिक गरिएको बजेमा खोपको पहुँच पुर्‍याइने र प्रयोगशालाको पनि स्तरोन्नति गर्ने उल्लेख गरिएको छ। 
विभिन्न आन्दोलनका घाइतेका लागि निशुल्क उपचार गर्न १० करोड छुट्याइएको छ। 

सेती अस्पताल ट्रमा सेन्टर र टिकापुर अस्पतालमा सरुवा रोग सेन्टर बनाउने तयारी सरकारले गरेको छ। यसैगरी अछामको बयलापाटामा रहेको न्याय हेल्थ मार्फत् सञ्चालित अस्पतालका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रदेशका ६ हजार ३७ स्वयंसेविकाको निशुल्क स्वास्थ्य बीमा १ करोड छुट्याइएको छ। 

स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताकालागि ४ करोड रुपैयाँ र बीमाकालागि ३० लाख विनियोजन गरिएको छ।

सुदूरपश्चिम सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ। यसका लागि ज्येष्ठ नागरिक सहायत कोषको घोषणा गरिएको छ। 

उक्त कोषमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक अभावमा उपचार हुन नसकेका ज्येष्ठ नागरिक उक्त कोषबाट लाभवान्वित हुनेछन्। 

यसैगरी सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने बादी समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम घोषणा गरिएको छ। स्वरोजगार कार्यक्रम मार्फत् उक्त समुदायको कला र संस्कृति संरक्षण हुने गरी ३ करोड रुपैयाँ छुट्याइएको छ। 

प्रदेशमा एक हजार युवालाई सीपमूलक तालिम दिइनेछ। तालिमका लागि ३० करवड ३३ लाख छुट्याइएको छ। जुन उक्त प्रदेशको बजेटको १ प्रतिशत हुन आउँछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार