२ माघ २०८१, बुधबार

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद : निलम्बन दलको बैठकका लागि मात्र




धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्माओली पक्षिय सात जना प्रदेश सभा सदस्यलाई दलको बैठकका लागि मात्र निलम्बन गरिएको खुलेको छ ।

निलम्बनमा परेकादेखि प्राय सबैले प्रदेश सभाबाटै निलम्बन गरिएको बुझेका थिए । प्रमुख सचेतक दुर्गाकुमारी विकले भनिन,उहाँहरुलाई दलको बैठकमा आउन नपाउने गरेर मात्र निलम्बन गरिएको हो ।

एमाले संसदीय दलको सोमबार साँझ दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सात जना सदस्यहरुको भूमिका हेरेर सात दिन, १० दिन र १५ दिनसम्मका लागि निलम्बन गर्ने गरेको थियो ।

निलम्बनमा पर्नेहरुमा पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरा रहेका रहेका छन् ।

बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अरुलाई सात दिनका लागि दलको बैठकमा आउन नदिने गरेर निलम्बन गरिएको छ ।


स्रोतका अनुसार बजेटमा सात जनाको भूमिकालाई पनि ध्यान दिइने छ । सो आधारमा थप कार्वाही हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार