८ बैशाख २०८१, शनिबार

सञ्चारमन्त्री थापाद्धारा काउन्सिलको अवलोकन



काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेकी छन् ।

काठमाडौँ र सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेकी छन् ।

भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्धय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत प्रवक्ता दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गरे ।

सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको ९रेडियो, टेलिभिजन, अनलाइन० अभिलेख प्रणाली, अनुगमन कक्ष, निमार्णधिन प्रेस सङ्ग्राहलयबारे जानकारी दिए ।

सोही अवसरमा उपप्रशासकीय अधिकृत सूचना अधिकारी रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराए । भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार