१० श्रावण २०८१, बिहीबार

अपाङ्गता भएकी किशोरीमाथि सामुहिक बलात्कार गर्नेलाई कारबाहीको माग



कञ्चनपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कञ्चनपुरको बेदकोट नगरपालिका  ५ धरमपुरकी अपाङ्गता भएकी किशोरीमाथि बलात्कार गर्नेलाई कारबाहीको माग गरिएको छ ।  

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका अध्यक्ष उपेन्द्र खडायतले  सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई न्यायमा पहुँचका लागि ध्यानाकर्षण ज्ञापन पत्र बुझाउँदै बलात्कारीमाथि कानुनी कारबाहीको माग अघि सारेका हुन् ।

अपाङ्गता भएकी किशोरीलाई नशालु पदार्थ सेवन गराई जेठ २७ गते सामुहिक बलात्कार गरेको थियो। घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर कारबाहीको माग अघि सारिएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले घटनाको छानबिन गरेर दोषि उपर कारबाही गरिने आवश्वासन दिए ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार