२ माघ २०८१, बुधबार

कञ्चनपुर जारी निषेधाज्ञा फेरि लम्बियो



कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार निषेधाज्ञालाई असार ७ गतेसम्मलाई निरन्तरता दिईने जनाएको छ।

आदेशमा अत्यावश्यक बाहेकका खाद्यवस्तु, कृषि, बीउ बिजन तथा सामग्री, वर्कसप, निर्माण पसल व्यवसाय सातामा ४ दिन मात्र खोल्न पाउने उल्लेख छ ।

जसअनुसार यस्तै पसलहरू बिहान ६ बजे देखि दिउँसो ११ बजे सम्म आइतबार, सोमबार, बुधबार र शुक्रबार सञ्चालन गर्न पाइने छ । तरकारीका तथा फलफूलका पसल पनि सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा सोही समयमा खोल्न सकिने उल्लेख छ ।

बैंक तथा वित्तिय संस्थाहरू पनि आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार