सेतीको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी । धनगढी रहेको सेती प्रादेशिकअस्पतालमा गरीएको कोरोना परीक्षणमा थप १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३१ नमुना परीक्षण गर्दा २१८ जनाको रिपोट नेगेटिभ र १३ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार सङ्क्रम पुष्टि हुनेहरूमा धनगढीका ५ जना,कैलालीका अन्य स्थानका २ जना र कैलाली बाहिरका ६ जना रहेका छन् ।
३ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना हुँदा ९ जना सङ्क्रमणमुक्त भएका छन् । हाल अस्पतालमा १५ सङ्क्रमित उपचाररत छन् ।