१५ चैत्र २०८०, बिहीबार

बुबाको सम्झनामा छोरीले गरिन पहिलो कमाईबाट रोयल कोलाब्रोरेटिभलाई आर्थिक सहयोग



धनगढी । बुबाको सम्झनामा एक छोरीले पहिलो कमाईलाई सामाजिक काममा सहयोग गरेकी छिन् ।

कोभिड महामारीमा सहयोग सेवा अन्तर्गत रोयल कोलाब्रोरेटिभको गौरीफन्टा नाकामा संचालित निशुल्क खाना पानी अभियानलाई हाल अमेरिका निवासी मान्सिका पाण्डेले सहयोग गरेकी हुन् ।

आफ्ना दिवंगत बुबा महादेव पाण्डेयको जन्मजयन्तीको अवसरमा आज आफ्नो पहिलो कमाई सहयोग गरेकी हुन् । उनले १५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार