७ बैशाख २०८१, शुक्रबार

सेतीमा ९७ जनाकोे कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि



धनगढी ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ९७ नमूना परीक्षण गर्दा ३  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा  २२  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।जसमध्ये  १ जना भेन्टीलेटर, ११ जना आइसियूमा, ८  जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  २ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार