१० श्रावण २०८१, बिहीबार

जिसस सदस्य बुढाद्वारा छोराको जन्मदिनमा मुक्तकमैया शिविरमा राहत वितरण



अत्तरिया । जिल्ला समन्वय समिति कैलालीका सदस्य टेकराज बुढाले छोराको जन्मदिनको अवसरमा मुक्तकमैया शिविरमा राहत वितरण गरेका छन् ।

बुढाले छोरा गौरङ्गको पहिलो जन्मोत्सवको अवसरमा गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित मुक्तकमैया शिविरमा खाद्य सामग्री वितरण गरेका हुन् ।

शिविरका ३७ परिवारलाई खाद्य सामग्री वितरण गरिएको उनले बताए । उनका अनुसार प्रतिपरिवार ११ किलो चामल, एक केजी दाल, एक केजी नुन, एक लुगा धुने र एक कपडा धुने साबुन उपलब्ध गराइएको हो ।

सोही वडाका बासिन्दासमेत रहेका जिसस सदस्य बुढाले दैनिक मजदुरी गरेर खाने मुक्तकमैयालाई निषेधाज्ञाले काम नपाइरहेका बेला थोरै राहत होस् भनेर केही खाद्यान्न उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार