६ बैशाख २०८१, बिहीबार

सेती प्रयोगशालामा शुक्रबार एक सय जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ३ सय ७३ नमूना परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका १२ जना  यस्तै धनगढीबाहेक कैलालीका ५४ जना र अन्य जिल्लाका ३४  जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा  १९  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये  ४ जना आइसियूमा, १०  जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार