३ जेष्ठ २०८१, बिहीबार

दलको नेता नमान्न सभामुखलाई पत्राचार




धनगढी / नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई नमान्न आग्रह गरेको छ ।

प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै सो आग्रह गरिएको हो । सो पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले पत्र लेखर सो आग्रह गरेका हुन ।

सभामुखका स्वकीय सचिव कविन्द्र रोकायाले सो पत्र सभामुखलाई दिएको पुष्टी गरे । सभामुखले सो पत्र अध्ययन गरिरहेको बताइएको छ ।
पार्टीको निर्देशन र निर्णय उलंघन गरेकोले शाहलाई नेता नमान्न पत्रमा आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार