१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशका १३ अस्पतालले कोरोनाको नि:शूल्क उपचार गर्ने



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि:शुल्क उपचार हुने व्यवस्था गरेको छ।

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।

मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका १३ सहित देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ।
मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले निस्शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ छ।

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा निस्शुल्क उपचार हुन्छ,’ डा अधिकारीले भने, ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।’

निशुल्क भित्र के के पर्छरु

१। सामान्य रगत परीक्षण ९जस्तैस् सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी०

२। छातीको एक्सरे

३। उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि

४। बिरामीको शय्या शुल्क

५। खाजा तथा खाना सहित चार छाक

६। चिकित्सक तथा नर्सको राउन्ड सेवा

७।अक्सिजन

तर, यी सेवा निशुल्क छैन

१। आइसीयू बाहेकका बिरामीमा पिसिआर

२। रेम्डिसिभिर

३। प्लाज्मा थेरापी

४। सिटी स्क्यान

५। हायर एन्टिबायोटिक्स

यी हुन सुदूरपश्चिम प्रदेशका १३ वटा अस्पताल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार