१० श्रावण २०८१, बिहीबार

यूनियन लाइफद्वारा मृत्यु बीमा दावी भुक्तानी



पहलमानपुर। यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड टीकापुर शाखाले ४२ लाख १२ हजार मृत्यु बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले गेरुवा गाउँपालिका वडा नम्बर ३, शान्तिबजार बर्दियाका बिमितको हकवाला श्रीमती ममताकुमारी खत्री सोडारीलाई उक्त चेक रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बोहरा, प्रदेश उपप्रमुख दोबनबहादुर रावल, शाखा प्रमुख अमित चौधरी र एजेन्सी म्यानेजर प्रेमबहादुर थ्याइत लगायतको टोलीले हकवालालाई रकम हस्तान्तरण गरेको थियो । बिमित मिति २०७५ असार ३१ गते २० लाखको वार्षिक अग्रिम भुक्तानी जीवन बिमा बिमालेख लिएका थिए ।

बिमितको गत चैत्र २ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । कम्पनीका प्रदेश प्रमुख चन्द्रबहादुर बोहरा वर्तमानको सानो बचतबाट भविष्यको ठूलो आर्थिक जोखिम बहन गर्ने भएकोले हरेक परिवारमा जीवन बिमा अनिवार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार