१४ बैशाख २०८१, शुक्रबार

सेती प्रयोगशालामा १७९ नमूना परीक्षण गर्दा ८६ जनामा कोरोना पुष्टि



धनगढी ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७९ नमूना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ३२ जना  यस्तै धनगढीबाहेक कैलालीका ३७ जना र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा  २६ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये २ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, १५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत ३ जना कोरोना संक्रमितको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार