१० श्रावण २०८१, बिहीबार

बझाङमा भरुवा बन्दुकसहित एक जना मृत फेला



बझाङ । बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको खप्तड छान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीय डम्बरबहादुर खत्री जंगलमा मृत फेला परेका हुन्।

सोमबार उनी जंगल गएको र त्यहाँबाट नफर्किएपछि खोजी गर्दा मंगलबार उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव गडाला सामुदायिक वनमा भरुवा बन्दुकसहित भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कञ्चटमा गोली लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाई छ। खत्रीको शवको परीक्षण गरी घटनाबारे अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार