१० श्रावण २०८१, बिहीबार

निशुल्क अक्सिजन दिदै हरिप्रिया प्रकाश फाउन्डेसन




धनगढी / हरिप्रिया प्रकाश फाउन्डेसनले कोरोना संक्रमितको तत्कालै ज्यान जोगाउन सुदुरपश्चिम प्रदेशमा १८०० निशुल्क अक्सिजन सिलिन्डर वितरण गरेको छ ।

अक्सिजन सिलिन्डर रिफिलिङ र नया पुरानो खरिद वितरण सम्झौता अनुसार नेपालीको घर र अस्पतालमा निशुल्क अक्सिजन सिलेण्डर र स्वास्थय सामाग्री बाँडिएको सो फाउन्डेसनका क्षितिज भण्डारीले बताए ।

उनका अनुसार मंगलबार दार्चुला, डडेल्धुरा, कन्चनपुर, अछाम र कैलाली जिल्लाको धनगढी र अत्तरियामा देबराज ओझा मार्फत सिलेण्डर बवतरण भएको । ओझाका अनुसार मालाखेती अस्पताल, पदमा अस्पताल, सेवा अस्पताल र सामुदायिक अस्पताल सहित घर र विभिन्न अस्पतालमा रातीसम्म १०० सिलेण्डर पठाइने छ ।


हरिप्रिया प्रकाश फाउन्डेसनको सहयोगमा १८०० अक्सिजन सिलेन्डरमध्ये १०० का दरले सुदूरपश्चिमका आठ जिल्ला अस्पतालमा ८०० र १००० सिलेन्डर प्रदेश राजधानी कैलाली अस्पताल र संक्रमितको घरहरुमा वितरण हुँदैछन् ।

हरिपृया प्रकाश फाउन्डेसन र सूर्य शक्ति ग्यास उद्योगवीच सुदुपश्चिमका अस्पतालहरुमा निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ वितरण छुट्टै छ लाख पेश्की सम्झौता रकम अध्यक्ष प्रकाशनारायण भण्डारी मार्फत श्याम टायलको कम्पनी र काठमाडौको गोकर्णेश्वर ट्रेडिङ्ग प्रालिलाई एक लाख ७३ हजार साठी रुपियाँ अग्रीम भुक्तानी दिएको धनगढीका गणेश भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार