१० श्रावण २०८१, बिहीबार

रेडपाण्डाका छाला सहित एक पक्राउ




धनगढी / प्रहरीले विश्वमै लोपोन्मुख रेडपाण्डको छाला सहित एक युवकलाई पक्राउ गरेको छ ।

कैलालीको गेटाबाट २३ वर्षीय अमर धामी झोलामा छाला बोकेर हिडिरहेको अवस्थामा पक्राउ परेका हुन ।

वझांगको वित्थडचीर गाउँपालिका वडानम्बर ५ घर भएका धामीले बझांगबाटै रेडपाण्डाको छाला ल्याएको अनुमान गरिएको छ ।

उनी विशेष सूचनाका आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रतिक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार