३ जेष्ठ २०८१, बिहीबार

विपक्षमा मतदान गरेका सदस्यलाई के गर्छ एमाले संसदिय दलले ?



धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदिय दलले दलको निर्णय विपरित विश्वासको मतको विपक्षमा मतदान गरेका सदस्यका विषयमा कानुन सम्मत अघि बढ्ने तयारी गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले मागेको विश्वासको मतमा एमाले संसदिय दलले पक्षमा मत गर्ने भनि निर्णय गरेको थियो । सोही निर्णय विपरित एमालेका सात सदस्यले विपक्षमा मतदान गरेका थिए ।

नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक दुर्गा विकले विपक्षमा मतदान गरेकालाई कानुनी व्यवस्था अनुसार दल अघि बढ्ने बताइन ।
उनले भनिन –‘यस्तो होला भन्ने हामीले सोचेका थिएनौं । अब दलको बैठकले विधि, विधान र कानुनसम्मत उनीहरुका बारेमा निर्णय गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार