२१ भाद्र २०८१, शुक्रबार

बाजुराका बलदेवले छोडे नेपाल समूह



धनगढी / सुदुरपश्चिम प्रदेश सभामा बाजुराबाट निर्बाचित प्रदेश सभा सदस्य बलदेव रेग्मीले एमालको नेपाल समूह छोडेका छन् ।

उनले मंगलबार भएको मतदानमा मुख्यमन्त्री बिरुद्ध मतदान गरेका हुन । यसअघि उनी नेपाल समूह र नेता भीमबहादुर रावल निकट मानिन्थे ।

रेग्मीले समूह परिवर्तन गरेसंगै सुदूरपश्चिम प्रदेश सभामा ओली पक्षिय प्रदेश सभा सदस्यको संख्या सात पुगेको छ । नेपाल पक्षमा अव १७ प्रदेश सभा सदस्य छन् ।

माधव नेपाल पक्षको अत्याधिक बहुमत रहेको संसदीय दलले मुख्यमन्त्रीका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

नेपाल समूह छोडेको हो भन्ने प्रश्न गर्न खोज्दा प्रदेश सभा सदस्य रेग्मीले फोन उठाएनन् ।

मुख्यमन्त्रीका विपक्षमा नौ मत परेकोमा सात मत ओली समूहका एमालेको हो । दुई मत भने राजपाको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार