१० श्रावण २०८१, बिहीबार

विश्वासको मतका लागि मतदान शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मतका लागि मतदान शुरु भएको छ ।

प्रदेशमा सभामुख अर्जुनबहादुर थापाले मतदानका लागि आह्वान गरेपछि अहिले मुख्यमन्त्रीका पक्ष र विपक्षमा मतदान भइरहेको हो ।

नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरु मतदानमा सहभागि भएका छन भने नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरु तटस्थ रहेका छन ।

मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने भएपछि काँग्रेस मतदानमा सहभागि भएको छैन ।

नेकपा एमाले केपी शर्मा ओली पक्षका सात र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य मुख्यमन्त्रीको विश्वसको विपक्षमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार