१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्री भट्टलाई मत दिनेलाई सांसदबाट हटाउने ओली पक्षको चेतावनी



धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मत दिनेलाई सांसदबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले चेतावनी दिएको छ।

बहुमतको आधारमा संसदीय दलमा निर्णय गराएर माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रदेश सभामा माधव पक्षका १८ सांसद छन्।

भट्ट नेतृत्वको सरकारलाई टिकाउन माधव पक्ष लागेपछि कारबाहीको चेतावनी दिइएको छ। एमाले ओली पक्षका सुदुरपश्चिम अध्यक्ष कर्ण थापाले भने, ‘हामीले सबैलाई निर्देशन दिएका छौं। विश्वासको मत दिने सबैलाई कारबाही गर्छौं।’

पार्टीको निर्देशन उल्लंघन गर्नेको सांसद पद नरहने उनले बताए। ‘पार्टी विरुद्ध काम गरिरहेका छन्। तर, पार्टी त्याग गरेको छैन भनिरहेका छन्। फ्लोर क्रस त पार्टी निर्देशन विपरित हुन्छ,’ थापाले भने। माधव पक्षका सांसदहरु राजनीतिक प्राणी नै नभएको थापाको आरोप छ।

जेठ १० मा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री भट्टले मंगलबार (आज) विश्वासको मत लिन लागेका हुन्। ९ बजेको लागि बोलाइएको संसद बैठक १० बजेको लागि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार