२ जेष्ठ २०८१, बुधबार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदिय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने



धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदिय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिको निर्णयले असहयोग गर्न भनि दलका सदस्यहरुलाई ह्विप जारी गरी पत्र पठाएको थियो । तर, दलको बैठकले पार्टीको निर्णय विपरित मुख्यमन्त्रीलाई विश्वासको मत दि ने निर्णय गरेको स्रोतले बतायो ।

२४ जना सदस्य रहेको संसदिय दलको बैठकमा छ जना प्रदेश सभा सदस्यहरु सहभागि भएपनि उपस्थिति गरेका थिएनन ।

केपी शर्मा ओली पक्षका प्रदेश सभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, रतन थापा, नेपालु चौधरी र माया लामा तामाङले उपस्थिति नगरेको जनाइएको छ ।

उनीहरुले सदनमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइएको छ ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले नेकपा एमालेबाट १७ र नेकपा माओवादी केन्द्रबाट १३ गरी ३० मत पाउने निश्चित भइसकेको छ ।

नेपाली काँग्रेस संसदिय दलको बैठक भने जारी रहेको छ । नेपाली काँग्रेसले केन्द्रको निर्णय अनुसार अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार