२ जेष्ठ २०८१, बुधबार

आज विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट



धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  आज (मंगलबार) विश्वासको मत लिँदै छन्।

नेकपा (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। एमालेले आधिकारिक रुपमा उनलाई दिएको समर्थन फिर्ता लिएपनि माधवकुमार नेपाल पक्षले भने समर्थन कायम राखेको छ। 

जेठ १० मा बसेको एमालेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

प्रादेशिक कमिटीले गरेको निर्णय कार्यान्वयन नभएपछि केन्द्रको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
माधव नेपाल पक्षले साथ दिएका कारण भट्टलाई विश्वासको मत प्राप्त हुने देखिन्छ। एमालेका कुल २५ सांसदमा माधव पक्षका मात्रै १८ जना छन्।

तत्काल कायम ५२ जनाको प्रदेश सभामा बहुमतका लागि २७ जना आवश्यक पर्दछ। माओवादी केन्द्रका १३ सहित माधव पक्षले भट्टलाई विश्वासको मत दिँदा सुविधाजनक बहुमत पुग्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार