१६ चैत्र २०७९, बिहिबार

अवैध काठ र ट्याक्टर सहित एक जना पक्राउ



धनगढी । कैलालीमा अवैध काठ र ट्याक्टर सहित एक जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर गाउँपालिका वडा नम्बर ३ बडहरियाका हरिलाल चौधरी पक्राउ परेका हुन्। 

ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ । 

चौधरीको घरमा से १ त २९८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको ७ फिट लम्बाई भएको गोलिया १ थान र ४ फिट लम्बाई भएको गोलिया १ थान ( १८.३४ क्युफिट) सालको काठ सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ । 

बरामद गरिएको काठ र चौधरीलाई आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय भजनी पठाएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्