१० श्रावण २०८१, बिहीबार

नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरमद्धारा १८० परिवारलाई राहत बितरण



धनगढी ।  नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम नेपालले निषेधाज्ञाका कारण अप्ठेरोमा परेका धनगढी उपमहानगरपालिका १ शय ८० परिवारलाई राहत बितरण गरेको छ ।

लामो समयदेखि निषेधाज्ञा भैरहेका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई ठुलो समस्या परेकोले राहत बितरण गरिएको फोरमकी केन्द्रिय सदस्य एवम कैलाली जिल्ला अध्यक्ष निर्मला रिजालले बताइन् ।

केन्द्रिय सदस्य रिजालका अनुसार प्रति परिवारलाई ५ किलो चामल, ३ किलो पिठो, आधा किलो दाल, १ पोका नुन, १ पोका तेल र मसाला प्रदान गरिएको हो । 

फोरमले केही दिन अघि प्रहरीलाई मास्क र सेनिटाइजर पनि प्रदान गरेको थियो ।

धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह, जिल्ला खेलकुद बिकास समिति कैलालीका पुर्व अध्यक्ष राजीव गुप्ता, फोरमकी कैलाली जिल्ला कोषाध्यक्ष शान्ति सिंहले राहत बितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार