१० श्रावण २०८१, बिहीबार

दृष्टि फाउण्डेसनलाई नगदसहित विभिन्न सामाग्री सहयोग



धनगढी । कैलालीको धनगढीस्थित दृष्टि फाउण्डेसनलाई खाद्यान्न, स्वास्थ्य सामाग्रीसहित नगद सहयोग गरिएको छ ।

नेपाल युथ फाउण्डेसन र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को समन्वय र सहकार्यमा फाउण्डेसनलाई आइतबार सहयोग गरिएको हो ।

फाउण्डेसनलाई २० हजार नगदसहित चिनि, दाल, तेल, आटा, अण्डा लगायतका खाद्यान्न हष्तान्तरण गरिएको जनाइएको छ । रुडुककी कैलाली अध्यक्ष ममता शाहले ती सामाग्री फाण्डेसनकी व्यवस्थापक अध्यक्ष कल्पना भट्टलाई हष्तान्तरण गरेकी हुन ।

नेपाली काँग्रेसकी नेतृ तथा रुडुककी संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाले सामाग्री तथा नगद कैलाली शाखालाई उपलब्ध गराएको रुडुक कैलालीकी कोषाध्यक्ष प्रमिला लम्सालले बताइन ।

सहयोग वितरण कार्यक्रममा अध्यक्ष शाह, कोषाध्यक्ष लम्साल, सदस्य गिता भण्डारी, सामाजिक अभियान्ता रमेश चन्द लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार