२३ बैशाख २०८१, आईतवार

सेती प्रयोगशालामा ३५ जनामा कोरोना पुष्टि,१३ जना निको भए



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  आइतबार ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३३५ नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका १ जना  यस्तै धनगढीबाहेक कैलालीका ११ जना र अन्य जिल्लाका २३ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये ३ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, २३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत २ जना कोरोना संक्रमितको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार