२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा शनिबार १८५ कोरोना संक्रमित थपिदा ७९४ कोरोनामुक्त



धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार १ सय ८५ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा ९९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार पिसिआर बिधिबाट ४ सय १० र एन्टिजेन विधिबाट ७ सय ८ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४१ हजार १ सय २६ पुगेको छ ।

जसमध्ये ३० हजार ३ सय १२ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ९४ जनाले कोरोना जितेका छन ।

शनिबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ४ जनाको मृत्यु भएको छ । जसमा कैलालीका २ जना, कञ्चनपुरका र डडेल्धुराका १-१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार