२ जेष्ठ २०८१, बुधबार

एमाले संसदीय दललाई थप चुनौती : बोहराले भने प्रदेश सरकार अल्पमतमा परिसक्यो




धनगढी/ पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले नेकपा (एमाले)ले समर्थन फिर्ता लिएकोले वर्तमान प्रदेश सरकार अल्पमतमा परेको बताएका छन् ।

एमालेका प्रदेश सभा सदस्य रहेका बोहराले शुक्रबारको प्रदेश सभामा ढ्यापढ्यापे समय माग गरेर बोल्दै एमाले पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइ सकेको बताएका हुन । एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्नु भएको छ, बोहराले भने उनले अब राजिनामा दिनुपर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको निर्णय गरेको थियो । सो बैठकले एमालेका मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको थियो ।

तर संसदीय दलको बैठकले सर्मथन कायम गरेको बताउदै सात जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाएको छ ।

पूर्व मन्त्री बोहराले सञ्चार माध्याममा संसदीय दलका नेता प्रकाशबहादुर शाहले जवरजस्ती सरकारको सर्मथन कायम रहेको निर्णय गराएको बताएका थिए ।

सोही भनाइलाई लिएर उनलाई दलका नेता शाहले स्पष्टीकरण सोधेका थिए । तर बोहराले जवाफ दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार