२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा बिहिबार ३ सय २८ कोरोना संक्रमित थपिए,१३२८ कोरोनामुक्त



धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिबार ३ सय २८ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ४५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २८ जनाले कोरोना जितेका छन । बिहिबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ४ जनाको मृत्यु भएको छ ।

जसमा कैलालीका २, कञ्चनपुर र बझाङका १/१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार