१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म



कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्त सम्म लम्बिएको छ । कोरोना रोकथामका लागी जारी गरिएको निषेधाज्ञा जेठ ३१ गते सम्मलाई निरन्तरता दिएको  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म   निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए 

विश्वभर फैलिदै गएको नया भेरियन्टका साथै कोभिड १९ को संक्रमण कञ्चनपुरमा उच्च दरमा फैलिदै गएको सन्दर्भमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार