२३ बैशाख २०८१, आईतवार

कैलालीको मसुरियामा ३९ जनाले गरे रक्तदान



मसुरिया । “बाँच्न र बचाउनका लागि” भन्ने  मुल नारा सहित कैलालीको  गौरीगंगा ८ बढैपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
गौरीगंगा–११ स्पोर्ट्स क्लबको आयोजनामा भएको कार्यक्रममा बिहीवार  ३९ जनाले रक्तदान गरेका छन् ।

कोभिड– १९ को दोस्रो माहामरीले उग्र रुप लिईरहेको अवस्थामा संक्रमण व्यापक हुँदै गर्दा रगतको अभावमा बिरामीहरुले असहज परिस्थितिको सामना गर्न परिरहेको अबस्थालाई मध्यनजर गरेर कार्यक्रम गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी गौरीगङ्गा उपशाखाको सहकार्यमा पुर्ब शिक्षक एवं स्थानीय समाजसेवी नबराज जोशीकी धर्मपत्नी स्वः भुवनेश्वरी जोशीको स्मृतिमा रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए  ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार