२३ बैशाख २०८१, आईतवार

सेती प्रयोगशालामा बिहिबार ५६ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४६७ नमूना परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका  २९ जना  यस्तै धनगढीबाहेक कैलालीका १४ जना र अन्य जिल्लाका १३ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये ३ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ३ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  २ जना निको भई घर फर्किएका छन्, भने थप १० जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार